काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सरकारविरोधी प्रदर्शन गरिरहेका नागरिकलाई खुला समर्थन जनाउँदै सहयोग आउँदै गरेको बताएका छन् ।
उनले इरानी अधिकारीहरूसँग हुने भनिएको भेटवार्ता रद्द गर्दै प्रदर्शनकारीहरूको पक्षमा उभिने स्पष्ट सन्देश दिएका हुन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल मा लेख्दै इरानी प्रदर्शनकारीलाई आन्दोलन जारी राख्न आह्वान गरेका छन्।
उनले लेखेका छन्, 'इरानी देशभक्तहरू, प्रदर्शन जारी राख्नुहोस्, आफ्ना संस्थाहरू कब्जा गर्नुहोस्, मद्दत आउँदैछ।'
यसैबीच, ट्रम्पले इरानी सरकारले सरकारविरोधी प्रदर्शनकारीलाई फाँसी दिएमा कडा कारबाही गर्ने चेतावनी पनि दिएका छन्।
सीएनएनसँगको अन्तर्वार्तामा उनले भने, 'यदि उनीहरूले यस्तो गरे, हामी धेरै कडा कारबाही गर्नेछौँ।'
इरानमा जारी आन्दोलनले मानवीय संकटको रूप लिँदै गएको छ।