Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेनले देश बनाउने विश्वास छ : रवि लामिछाने

बालेनले देश बनाउने विश्वास छ : रवि लामिछाने

सोमवार , माघ ५, २०८२

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन्द्र शाह (बालेन) ले देश बनाउने दृढ विश्वास आफूमा रहेको बताएका छन्।

सोमबार जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफ्नो आमाको फोटो हेरेर सोचविचार गर्दा बालेनप्रति विश्वास जागेको सुनाए।

‘मैले आमाको फोटो हेरेर विचार गरेँ। मलाई लाग्यो बालेनले देश बनाउँछ,’ लामिछानेले भने, ‘मैले भनेँ, आमा बालेनले देश बनाउँछ।’

लामिछानेले देश र जनताको हितका लागि आफू र बालेन एकै ठाउँमा आएको स्पष्ट पारे।

‘हामी देश र जनताको हितका लागि एकै ठाउँमा आएका हौँ,’ उनले भने।

उनले आफू र बालेनबीचको छलफल छोटो तर निर्णायक भएको पनि बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077