Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाल्पा–२ मा रामबहादुरको टिकट खोसियो, अन्ततः एमालेको उम्मेदवार ठाकुर गैरे

पाल्पा–२ मा रामबहादुरको टिकट खोसियो, अन्ततः एमालेको उम्मेदवार ठाकुर गैरे

मंगलवार , माघ ६, २०८२

काठमाडौं । नेकपा एमालेले पाल्पा निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवार परिवर्तन गर्दै युवा नेता ठाकुर गैरेलाई नै अघि सारेको छ ।

यसअघि रामबहादुर राउतलाई दिइएको टिकट फिर्ता लिँदै पार्टीले पुनः गैरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । गैरे यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

उनलाई टिकट नदिइएपछि पार्टीभित्र चर्को आलोचना सुरु भएको थियो । कार्यकर्ता तहदेखि केन्द्रीय नेतृत्वसम्म निर्णयप्रति असन्तुष्टि बढेपछि एमालेले आफ्नो निर्णय पुनरावलोकन गरेको स्रोत बताउँछ ।

यस क्षेत्रमा एमालेले सुरुमा उपाध्यक्ष विष्णु पौडेललाई उम्मेदवार बनाउने तयारी गरेको थियो । त्यसपछि राउतलाई अघि सारिएको थियो भने अन्ततः आलोचनाको दबाबपछि गैरेलाई नै उम्मेदवार बनाउने निर्णय गरिएको हो ।

एमाले जिल्ला अध्यक्ष ओमबहादुर घर्तीले पार्टीले उम्मेदवार परिवर्तन गरी युवा नेता ठाकुर गैरेलाई अघि सार्ने निर्णय केन्द्रबाट पठाइसकेको जानकारी दिए ।

यता पाल्पा–१ मा भने एमालेले नारायण आचार्यलाई उम्मेदवार बनाइसकेको छ । गैरेले अघिल्लो निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका नेता सोमप्रसाद पाण्डेलाई पराजित गरेका थिए । पाण्डे यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077