Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाको मिनियापोलिसमा गोली प्रहारबाट एक जनाको मृत्यु

अमेरिकाको मिनियापोलिसमा गोली प्रहारबाट एक जनाको मृत्यु

आइतवार , माघ ११, २०८२

एजेन्सी । अमेरिकाको मिनेसोटा राज्यस्थित मिनियापोलिस शहरमा संघीय इमिग्रेशन अधिकारीहरूले चलाएको गोलीबाट एक व्यक्तिको मृत्यु भएको छ ।

मिनेसोटाका सिनेटरहरूले मृतकको पहिचान एलेक्स प्रेट्टी का रूपमा गरेका छन् । उनी ३७ वर्षका थिए, मिनियापोलिसकै बासिन्दा थिए, पेशाले नर्स थिए र अमेरिकी नागरिक समेत थिए।

यो घटना त्यही शहरमा तीन हप्ताभन्दा कम समयअघि अर्का अमेरिकी नागरिक रेनी गुड को पनि एक इमिग्रेशन एजेन्टको गोलीबाट मृत्यु भएको घटनापछि भएको हो ।

होमल्यान्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोएम ले एजेन्टहरूले ‘आत्मरक्षाका लागि गोली चलाएको’ दाबी गरेकी छन्। उनका अनुसार प्रेट्टीले कथित रूपमा ‘हिंसात्मक प्रतिक्रिया’ दिएका थिए। मृत्युपछि शहरभर प्रदर्शन सुरु भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077