Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुटिन कीभमाथि एक हप्ता आक्रमण नगर्न सहमत, क्रेमलिन मौन

पुटिन कीभमाथि एक हप्ता आक्रमण नगर्न सहमत, क्रेमलिन मौन

शुक्रवार , माघ १६, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राजधानी कीभ र आसपासका सहरहरूमा एक हप्तासम्म आक्रमण नगर्ने सहमति जनाएको दाबी गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकमा बोल्दै ट्रम्पले असाधारण चिसो मौसमलाई ध्यानमा राख्दै आफूले व्यक्तिगत रूपमा पुटिनसँग यस्तो आग्रह गरेको र उनले त्यसमा सहमति जनाएको बताएका हुन् ।

'यो अत्यन्त चिसोको समयमा मैले एक हप्तासम्म कीभ र अन्य सहरहरूमा गोलीबारी नगर्न आग्रह गरेको छु, र राष्ट्रपति पुटिन यसमा सहमत भए,' ट्रम्पले भने।

तर ट्रम्पको यो दाबीबारे रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले कुनै आधिकारिक पुष्टि गरेको छैन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ऊर्जा पूर्वाधारमाथि हमला रोक्ने विषयमा भएको भनिएको आपसी छलफलबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।

रुसले पछिल्ला महिनाहरूमा युक्रेनको ऊर्जा तथा अन्य महत्वपूर्ण पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ।

यस्ता हमलाले युक्रेनको प्रतिरोध क्षमतालाई कमजोर बनाउनुका साथै कठोर जाडोमा जनतालाई विद्युत् र ताप आपूर्तिबाट वञ्चित गराउने उद्देश्य राखेको विश्लेषण हुँदै आएको छ।

कीभमा शुक्रबारदेखि कडा शीतलहर सुरु भइसकेको छ र आगामी हप्तासम्म चिसो अझ बढ्ने अनुमान गरिएको छ। केही क्षेत्रमा तापक्रम माइनस ३० डिग्री सेल्सियससम्म झर्न सक्ने चेतावनी जारी गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077