Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेतले भने- जेनजी आन्दोलनको जिम्मेवारी रवि लामिछाने र बालेन्द्र साहले लिनुपर्छ

महेश बस्नेतले भने- जेनजी आन्दोलनको जिम्मेवारी रवि लामिछाने र बालेन्द्र साहले लिनुपर्छ

शुक्रवार , माघ १६, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि हत्या गरेको आरोप लगाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै बस्नेतले राजनीतिक नेतृत्वमाथि व्यक्ति हत्यासम्मको आरोप थोपर्ने गतिविधिहरु भइरहेको बताएका हुन् ।

बस्नेतले तत्कालीन प्रधानमन्त्री ओलीले मृतकका परिवारलाई क्षतिपूर्ति दिने र शहीद घोषणा गर्ने निर्णय गरेको बताए ।

जेनजी आन्दोलनको क्रममा २३ जनाको मृत्यु भएको स्मरण गराउँदै बस्नेतले भने- 'आज पूर्वप्रधानमन्त्रीलाई व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च गरिँदैछ। अध्यक्षज्यूले मन्त्रिपरिषद् बैठक बोलाएर मृतकका आफन्तलाई क्षतिपूर्ति दिने र उनीहरूलाई शहीद घोषणा गर्ने निर्णय गरे। मुलुकमा भएको ध्वंसको सबै हिसाबकिताब गरिनेछ ।'

उनले भदौ २४ गते संविधान र सुरक्षा निकायहरू हाइज्याक गरेर देशलाई ध्वस्त पार्ने षड्यन्त्र भएको टिप्पणी पनि गरे ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै देशभरबाट १४ हजार कैदी भागेको उल्लेख गर्दै, भागेकामध्ये दुई जनाको मृत्यु र दुई जनाले आमा तथा श्रीमतीको हत्या गरेको घटनाको जिम्मेवारी सभापति लामिछाने र बालेन्द्र साहले लिनुपर्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077