Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हुन्डी मुद्दाका आरोपी छुटाइदिने भन्दै ५ लाख ठगी, नक्कली प्रहरी पक्राउ

हुन्डी मुद्दाका आरोपी छुटाइदिने भन्दै ५ लाख ठगी, नक्कली प्रहरी पक्राउ

मंगलवार , माघ २०, २०८२

काठमाडौं । हुन्डी कारोबारसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका दावा भन्ने दाफुरी शेर्पालाई छुटाइदिने प्रलोभन देखाउँदै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–८ नेपालटार बस्दै आएका ४० वर्षीय दीपक थापा मगर रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार थापा मगरले आफू प्रहरी भएको भन्दै पीडितलाई झुक्याएका थिए।

प्रहरीका अनुसार ‘वादी नेपाल सरकार, प्रतिवादी दावा भन्ने दाफुरी शेर्पा समेत’ रहेको हुन्डी कारोबारसम्बन्धी कसुर मुद्दामा यही माघ १५ गते पक्राउ परेका दाफुरी शेर्पालाई छुटाइदिने आश्वासन दिँदै उनले शेर्पाकी आमाबाट पाँच लाख रुपैयाँ ठगी गरेका थिए।

रकम लिएपछि फरार रहेका थापा मगरलाई प्रहरीले काठमाडौं महानगरपालिका–३ बानियाँटारबाट पक्राउ गरेको हो।

पक्राउ परेका थापा मगरलाई मंगलबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077