Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्ततः ट्रम्पले हटाए ओबामा दम्पतीलाई ‘बाँदर’ बनाइएको भिडियो

अन्ततः ट्रम्पले हटाए ओबामा दम्पतीलाई ‘बाँदर’ बनाइएको भिडियो

शनिवार , माघ २४, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिशेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको क्लिप समावेश भएको सामाजिक सञ्जाल पोस्ट हटाएका छन् ।

उक्त पोस्टलाई व्यापक रूपमा रंगभेदी भन्दै आलोचना भएपछि ट्रम्पको सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ एकाउन्टबाट भिडियो हटाइएको हो ।

६२ सेकेन्ड लामो उक्त भिडियो सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको दाबी गर्दै तयार गरिएको थियो। भिडियोको अन्त्यतिर ‘द लायन स्लिप्स टुनाइट’ गीतको पृष्ठभूमिमा ओबामा दम्पतीलाई बाँदरको रूपमा देखाइएको दृश्य समावेश गरिएको थियो।

उक्त पोस्ट सार्वजनिक भएपछि अश्वेत रिपब्लिकन सिनेटर टिम स्कटले तीव्र प्रतिक्रिया जनाउँदै यसलाई “मैले ह्वाइट हाउसबाट देखेको सबैभन्दा रंगभेदी कुरा” भन्दै तत्काल हटाउन माग गरेका थिए।

सुरुमा भने ह्वाइट हाउसले उक्त भिडियो इन्टरनेट मिम भएको दाबी गर्दै बचाउ गरेको थियो। साथै आलोचकहरूलाई “नक्कली आक्रोश” देखाउन बन्द गर्न पनि भनेको थियो।

तर आफ्नै पार्टीका सिनेटरहरू सहित विभिन्न तहबाट आलोचना चर्किएपछि अन्ततः ट्रम्पको ट्रुथ सोसल एकाउन्टबाट उक्त पोस्ट हटाइएको छ।

ह्वाइट हाउसका एक अधिकारीले उक्त पोस्ट “एक कर्मचारीले भुलवश गरेको” दाबी गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077