Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बलात्कार आरोपित पूर्वप्रहरी जवान भूपेन्द्र सिंह ठगुन्ना बैंगलोरबाट पक्राउ

बलात्कार आरोपित पूर्वप्रहरी जवान भूपेन्द्र सिंह ठगुन्ना बैंगलोरबाट पक्राउ

शनिवार , माघ २४, २०८२

काठमाडौं । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक पूर्वप्रहरी जवान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दार्चुला नौगाड गाउँपालिका वडा नं. २ सुन्डमुन्ड स्थायी घर भएका २६ वर्षीय भूपेन्द्र सिंह ठगुन्ना रहेका छन् ।

शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ठगुन्नालाई बैंग्लोरबाट पक्राउ गरेको हो ।

जाजरकोटकी एक २५ वर्षीया युवतीले २५ मंसिर २०८० मा भुपेन्द्र सिंह विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् ।

त्यतिबेला प्रहरी कर्मचारी रहेका ठगुन्ना निलम्बित भए र जिल्ला अदालतले उनलाई २ लाख ५ हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।

आफूलाई विवाह गर्ने आश्वासन दिएर पुन: जबरजस्ती करणी गरी फरार भएको भन्दै ती महिलाले ७ असोजमा प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । जाहेरी पछि पनि ती ७ महिनाकी गर्भवती महिला विगत ३ महिनादेखि सिंहदरबार लगायत विभिन्न स्थानमा अनसन र धर्नामा बसेकी थिइन् । 

जबरजस्ती करणीको जाहेरी परेपछि आरोपित भूपेन्द्र सिंह ठगुन्ना भागेर भारतको बैंगलोर पुगेका थिए ।

भारत पुगेका ठगुन्ना २१ साउनदेखि कार्यालयमा हाजिर हुन नगएपछि कोशी प्रदेश प्रहरी कार्यालयले १४ कात्तिकमा भुपेन्द्रलाई सेवाबाट हटाएको थियो ।

शुक्रबार पक्राउ परेपछिभुपेन्द्रलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077