काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र जोगाउने मुख्य जिम्मेवारी जनताकै भएको बताएका छन्।
बिहीबार कर्णाली प्रदेशमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रप्रति आफ्नो पार्टीको दृढ विश्वास रहेको उल्लेख गरे।
उनले भने, 'लोकतन्त्र जोगाउने जिम्मा जनताको हो। लोकतन्त्रप्रति हाम्रो विश्वास छ। हामी निर्वाचनबाट भाग्य बदल्ने अभियानमा लागिरहेका छौं।'
रास्वपा लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताउँदै लामिछानेले सरकारसँग शान्तिपूर्ण, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न माग गरे।
उनका अनुसार निर्वाचनमार्फत नै देशको भविष्य परिवर्तन गर्न सकिने भएकाले पार्टी त्यसै दिशामा सक्रिय रूपमा अघि बढिरहेको छ