Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अदालतको ठूलो झट्कापछि ट्रम्पद्वारा नयाँ विश्वव्यापी १० प्रतिशत कर घोषणा

अदालतको ठूलो झट्कापछि ट्रम्पद्वारा नयाँ विश्वव्यापी १० प्रतिशत कर घोषणा

शनिवार , फाल्गुण ९, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । 

अमेरिकाको सर्वोच्च अदालतले केही घण्टाअघि नै उनले राष्ट्रिय आपतकालको कानुन प्रयोग गरी लगाएको व्यापक कर नीतिलाई असंवैधानिक ठहर्‍याएको थियो ।

‘ओभल अफिसबाट सबै देशमा विश्वव्यापी १० प्रतिशत करमा हस्ताक्षर गर्नु मेरो लागि ठूलो सम्मानको कुरा हो, जुन लगभग तुरुन्तै लागू हुनेछ,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखे । 

यो कर फेब्रुअरी २४ देखि लागू हुने बताइएको छ । तर कार्यकारी आदेश अझै पूर्ण रूपमा सार्वजनिक भएको छैन। 

ट्रम्पले पत्रकार सम्मेलनमा सन् १९७४ को व्यापार ऐनको धारा १२२ प्रयोग गरी यो १० प्रतिशत कर लगाउने योजना बनाएको बताएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077