Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पुरानो भिडियो भाइरल भएपछि गगन थापाको स्पष्टीकरण - जातीय श्रेष्ठतामा होइन, मानवीय समानतामा विश्वास गर्छु

पुरानो भिडियो भाइरल भएपछि गगन थापाको स्पष्टीकरण - जातीय श्रेष्ठतामा होइन, मानवीय समानतामा विश्वास गर्छु

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई जनजातिविरोधी देखाउने उद्देश्यले सामाजिक सञ्जालमा फैलाइएको पुरानो भिडिओप्रति कडा आपत्ति जनाउँदै स्पष्टिकरण दिएका छन् ।

मंगलबार राति सामाजिक सञ्जालमार्फत उनले आफ्नो धारणा सार्वजनिक गर्दै सबै जाति, भाषा, धर्म र समुदायप्रति आफू सधैँ सम्मानजनक रहेको बताएका छन् ।

उनले जातीय श्रेष्ठताको अवधारणालाई अस्वीकार गर्दै आफू मानवीय समानता, सहअस्तित्व र भाइचाराको पक्षमा दृढ रहेको उल्लेख गरेका छन्।

थापाले लेखेका छन्, 'सामाजिक सञ्जालमा मेरो नाम जोडेर फैलाइएका भ्रमहरू पूर्णतः निराधार छन्। मेरो विचार र व्यवहार सधैँ सबै जाति र समुदायप्रति सम्मानजनक छ। म जातीय श्रेष्ठतामा होइन, मानवीय समानता र भाइचारामा विश्वास गर्दछु।'

उनले भाइरल बनाइएको क्लिप सन्दर्भबाहिर प्रस्तुत गरिएको दाबी गर्दै उक्त भाषणको सम्पूर्ण भिडिओ सार्वजनिक गरेका छन्। पूरा सन्दर्भ हेरेर मात्र निष्कर्ष निकाल्न आग्रह गर्दै उनले भ्रामक प्रचारको पछि नलाग्न सर्वसाधारणसँग अनुरोध गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077