Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पोखरामा सहकारी पीडितले बुझाए गगन थापालाई ज्ञापनपत्र, बचत फिर्ताको ग्यारेन्टी माग

पोखरामा सहकारी पीडितले बुझाए गगन थापालाई ज्ञापनपत्र, बचत फिर्ताको ग्यारेन्टी माग

शुक्रवार , फाल्गुण १५, २०८२

पोखरा । सहकारी बचत फिर्ताको माग गर्दै आन्दोलनरत पीडितहरूले शुक्रबार पोखरामा नेपाली कांग्रेसका नेता गगन थापालाई ज्ञापनपत्र बुझाएका छन् ।

कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न पोखरा आएका थापालाई अमरसिंह मैदानमा आयोजित सभास्थलमै पुगेर सहकारी बचत पीडित संघर्ष समिति कास्कीका प्रतिनिधिहरूले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

समितिका संयोजक किरण श्रेष्ठसहितको टोलीले सहकारी ठगीमा संलग्न व्यक्तिमाथि कडा कारबाही र बचतकर्ताको रकम तत्काल फिर्ताको ग्यारेन्टी गर्न माग राखेको जनाएको छ ।

संयोजक श्रेष्ठले फागुन २१ पछि गठन हुने सरकारले सहकारी पीडितको समस्या समाधानमा प्राथमिकता दिनुपर्ने बताए ।

पीडितहरूले सहकारी क्षेत्रमा देखिएको अनियमितता नियन्त्रण गर्न कडा कानुनी व्यवस्था लागू गर्न र ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077