Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी राष्ट्रपति ट्रम्पले भने - क्युबालाई आफ्नो नियन्त्रणमा लिन सकिन्छ

अमेरिकी राष्ट्रपति ट्रम्पले भने - क्युबालाई आफ्नो नियन्त्रणमा लिन सकिन्छ

शनिवार , फाल्गुण १६, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टापु राष्ट्र क्युबा लाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिन सक्ने संकेत दिएका छन् ।

ह्वाइट हाउस परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले क्युबासँग “मैत्रीपूर्ण नियन्त्रण”को सम्भावना औंल्याएका हुन् ।

ट्रम्पले इरान र क्युबा जस्ता देशहरूमा नयाँ सरकार देख्न चाहेको अभिव्यक्ति दिँदै क्युबाको वर्तमान अवस्था गम्भीर संकटमा रहेको दाबी गरे। उनका अनुसार क्युबा सरकार हाल अमेरिकासँग संवादमा छ र “ठूलो समस्यामा फसेको” अवस्था छ।

राष्ट्रपति ट्रम्पले क्युबामा आर्थिक संकट चुलिएको उल्लेख गर्दै त्यहाँ पैसा, तेल र खाद्यान्नको चरम अभाव रहेको बताए।

उनले क्युबाली शासनसत्ता पतनको संघारमा रहेको टिप्पणी गर्दै क्युबाली मूलका अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले यस विषयमा उच्च स्तरमा काम गरिरहेको जानकारी दिए।

ट्रम्पका अनुसार क्युबाली जनताले अमेरिकी सहयोगको अपेक्षा गरिरहेका छन् र वासिङ्टनले परिस्थिति नजिकबाट निगरानी गरिरहेको छ। पछिल्लो समय अमेरिका–क्युबा सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ।

विशेषगरी गत जनवरीमा भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो लाई लक्षित गरी गरिएको सैन्य कारबाहीपछि दुई देशबीचको सम्बन्ध उत्कर्षमा पुगेको बताइएको छ। उक्त कारबाहीमा ३२ जना क्युबाली सैनिकको मृत्यु भएको दाबी गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077