Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि प्रचण्ड चिन्तित

इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि प्रचण्ड चिन्तित

शनिवार , फाल्गुण १६, २०८२

काठमाडौं । अमेरिका र इजरायलले शनिबार संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा पुनः तनाव चुलिएको छ ।

विकसित घटनाक्रमप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रचण्डले इरानमाथि भएको आक्रमण र त्यसपछिका घटनाले मध्यपूर्वमा गम्भीर अस्थिरता निम्त्याएको बताएका छन् ।

'इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाहरूले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सिर्जना गरेको छ,' उनले लेखेका छन्,'यस परिस्थितिप्रति म गहिरो चिन्ता व्यक्त गर्दछु।'

प्रचण्डले मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्,'यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो। विकसित परिस्थितिको प्रत्यक्ष प्रभाव उनीहरूमा पर्न सक्ने भएकाले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन, आवश्यक कूटनीतिक पहल गर्न तथा कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन म आग्रह गर्दछु ।'

मध्यपूर्वका विभिन्न मुलुक विशेषगरी खाडी क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली श्रमिक कार्यरत छन् । क्षेत्रीय द्वन्द्व चर्किएमा उनीहरूको आवागमन, रोजगारी र सुरक्षामा प्रत्यक्ष असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077