Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

‘होक्स बम’ राखेको आरोपमा नेकपा बहुमतका दुई नेता पक्राउ

‘होक्स बम’ राखेको आरोपमा नेकपा बहुमतका दुई नेता पक्राउ

बुधवार , फाल्गुण २०, २०८२

मोरङ । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का दुईजना जिल्ला तहका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्ण प्रसाद चम्लागाईं र दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल रहेका छन्। प्रहरीका अनुसार चम्लागाईं जिल्ला इन्चार्ज तथा पौडेल जिल्ला सचिव हुन्।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले उनीहरूलाई सोमबार दिउँसो करिब ४ः३० बजे कानेपोखरी गाउँपालिका–६ स्थित बुद्ध चोकबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हरिनन्दन चौधरीका अनुसार आजै दिउँसो करिब १२ः१५ बजे सुन्दरहरैँचा–१० को पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा फेला परेको ‘होक्स बम’सँग सम्बन्धित घटनामा उनीहरूको संलग्नता हुन सक्ने आशंकामा अनुसन्धानका लागि पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट को ६ प ५११६ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीका ५ थान मोबाइल, १ थान पार्टीको झण्डा र १०७ थान पर्चा–पम्प्लेट बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077