Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुथबाट मतपेटिका लैजाँदा दलको प्रतिनिधि सहभागी नगराउने कुरा स्वीकार्य हुँदैन:  महेश बस्नेत

बुथबाट मतपेटिका लैजाँदा दलको प्रतिनिधि सहभागी नगराउने कुरा स्वीकार्य हुँदैन:  महेश बस्नेत

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले मतपेटिका र दलका प्रतिनिधिहरूको बीचको सम्बन्धलाई टुटाउने कुरा स्वीकार्य नहुने बताएका छन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बुथबाट मतपेटिका लैजाँदा दलका प्रतिनिधि नगराए निर्वाचनको वैधानिकतामाथि धेरै प्रश्न उठ्ने बताएका हुन् ।

उनले भने- 'बुथबाट मतपेटिका लैजाने क्रममा दलको प्रतिनिधिहरूलाई सहभागी नगराउने, कतिपय बुथमा, मतदान केन्द्रहरूमा छलफल भइरहेको कुरा बुझिएका छौँ। त्यस्तो नगरोस्। मतपेटिका र दलका प्रतिनिधिहरूको बीचको सम्बन्धलाई टुटाउने कुरा निर्वाचन आयोग, सरकार, सेना प्रहरीले पनि नगरोस्। त्यस्तो भए निर्वाचनको वैधानिकतामाथि धेरै प्रश्न उठ्छ।'

पहिलो पटक निर्वाचनमा फ्रन्टलाइनमा सेनाको परिचालन गरिएको बताउँदै प्रधानमन्त्री सुशीला कार्कीले राम्रै कमान्ड लिएर चुनाव गराएको उनको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077