Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रवि र बालेनलाई पाकिस्तानका प्रधानमन्त्रीले बधाई दिँदै भने - द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तयार छौँ

रवि र बालेनलाई पाकिस्तानका प्रधानमन्त्रीले बधाई दिँदै भने - द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तयार छौँ

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई टेलिफोन गरी हालैको आम निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन् ।

शरीफले रास्वपाले हासिल गरेको उल्लेखनीय चुनावी सफलतालाई नेपाली जनताले नयाँ, ऊर्जाशील र गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतीक भएको बताएका छन्।

पाकिस्तानी प्रधानमन्त्रीको बधाई सन्देशमा नेपाल–पाकिस्तानबीचको ऐतिहासिक मित्रता, आपसी सम्मान र सहकार्यलाई अझ मजबुत बनाउँदै अगाडि बढ्न आफूहरू इच्छुक रहेको उल्लेख गरिएको पाकिस्तानी राजदूतावासले जनाएको छ।

शरीफले नवनिर्वाचित नेपाली सरकारसँग नजिकबाट सहकार्य गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन पाकिस्तान तयार रहेको सन्देशसमेत दिएका छन्।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टेलिफोनमार्फत लामिछाने र बालेनलाई चुनावी सफलताका लागि बधाई तथा शुभकामना दिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077