Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानका नयाँ सर्वोच्च नेता पनि मारिएको हुनसक्ने ट्रम्पको आशंका

इरानका नयाँ सर्वोच्च नेता पनि मारिएको हुनसक्ने ट्रम्पको आशंका

आइतवार , चैत्र १, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको मृत्यु भएको हुनसक्ने आशंका गरेका छन् ।

उनले शनिबार एनबिसी न्युजसँगको अन्तर्वार्तामा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्थाका बारेमा प्रश्न उठाउँदै सो आशंका व्यक्त गरेका हुन् ।

मोज्तबा खामेनी, मारिएका पूर्व नेता आयतोल्लाह अली खामेनीका छोरा हुन्।

'मलाई थाहा छैन उनी (मोज्तबा) जीवितै छन् कि छैनन्। अहिलेसम्म कसैले पनि उनलाई देखाउन सकेको छैन,' ट्रम्पले भने ।

बिहीबार खामेनीले आफ्नो पहिलो आधिकारिक वक्तव्य क्यामेरा अगाडि बोलेर दिनुको सट्टा लिखित रूपमा जारी गरेको भन्दै उनले जीवितै रहेको कुरामा आंशका गरेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077