Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने अधिकृत पक्राउ

सुदूरपश्चिमका मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने अधिकृत पक्राउ

सोमवार , चैत्र २, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् । 

उनलाई केहीबेर अघि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाटै जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो ।

भट्टविरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएको र सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

भट्टले मुख्यमन्त्री शाहमाथि घुस मागेको आरोप लगाएपछि उद्योग मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हाल भट्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077