Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इरान युद्ध गलत भन्दै ट्रम्पका विश्वासपात्रले पद छाडे

इरान युद्ध गलत भन्दै ट्रम्पका विश्वासपात्रले पद छाडे

बुधवार , चैत्र ४, २०८२

एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका जो केन्टले इरानसँग सम्बन्धित युद्ध नीति प्रति असहमति जनाउँदै पदबाट राजीनामा दिएका छन् ।

केन्टले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा इरान अमेरिकाका लागि तत्कालीन ठूलो खतरा नभएको दाबी गर्दै युद्धको निर्णयप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान पुनर्विचार गर्न आग्रहसमेत गरेका छन् ।

केन्टले आफ्नो एक्समा पोस्ट गरेको पत्रमा इरानलाई अमेरिकाका लागि तत्कालीन सुरक्षा चुनौतीका रूपमा प्रस्तुत गरिएको कुरा 'गलत सूचना' मा आधारित रहेको उल्लेख गरेका छन्।

उनका अनुसार ट्रम्प प्रशासनले इजरायल तथा अमेरिकाभित्रका शक्तिशाली इजरायल समर्थक लबीको दबाबमा यो युद्धतर्फ कदम चालेको हो।

पत्रमा उनले लेखेका छन्, 'इरान अमेरिकाका लागि ठूलो खतरा छ भन्ने विश्वास दिलाउन गलत सूचना प्रयोग गरिएको थियो। त्यो सत्य थिएन।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077