Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज रास्वपा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछाने

आज रास्वपा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछाने

बुधवार , चैत्र ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीका तर्फबाट नवनिर्वाचित सांसदका लागि मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा भइरहेको दुईदिने अभिमुखीकरण कार्यक्रमलाई आज पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । 

मंगलबार रास्वपा उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर अभिमुखीकरणको शुभारम्भ गरेका थिए ।

मंगलबार कार्यक्रममा सहभागी नभएका पार्टी सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज उपस्थित हुने सम्बोधन गर्ने बताइएको छ । 

लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता तथा समापन मन्तव्य व्यक्त गर्ने कार्यक्रम तालिका छ । बालेन पनि आज उपस्थित हुनेछन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077