Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका थुनुवा पक्राउ

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका थुनुवा पक्राउ

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका एक थुनुवा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका मकवानपुर इन्द्रसरोवर गाउँपालिका–१ का ३० वर्षीय विकास रुम्बालाई आज पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका निजलाई आज बालाजुबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका रुम्बालाई बाँकी कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077