Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इरानलाई तेल बेच्न दिने अमेरिकाको अनुमति

इरानलाई तेल बेच्न दिने अमेरिकाको अनुमति

शनिवार , चैत्र ७, २०८२

एजेन्सी । अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनले इरानी तेलमाथिको प्रतिबन्धमा ३० दिने अस्थायी छुट दिने निर्णय गरेको छ। 

अमेरिकी कोष विभाग (ट्रेजरी) ले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै समुद्रमा जहाजहरूमा लोड भइसकेका इरानी कच्चा तेल र पेट्रोलियम पदार्थ बिक्री गर्न अनुमति दिएको हो ।

अमेरिकी कोष सचिव स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समार्फत यो कदमले विश्व बजारमा करिब १४ करोड ब्यारेल तेल थप्ने र आपूर्तिमा परेको दबाब कम गर्ने बताएका छन्। 

उनले भनेका छन्, ‘हामी अपरेशन एपिक फ्युरी जारी राख्दै मूल्य घटाउन तेहरान विरुद्ध इरानी ब्यारेलहरू प्रयोग गर्नेछौं।’

यो छुट २० मार्चदेखि १९ अप्रिलसम्मका लागि मात्र लागु हुने उनले प्रस्ट पारे। यसअघि अमेरिकाले रुसी तेलमाथिको प्रतिबन्ध पनि खुकुलो पारेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077