Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बेलायती प्रधानमन्त्री स्टार्मर र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोन वार्ता

बेलायती प्रधानमन्त्री स्टार्मर र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोन वार्ता

सोमवार , चैत्र ९, २०८२

एजेन्सी । बेलायती प्रधानमन्त्री किएर स्टार्मर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ ।

टेलिफोन वार्तामा विशेषगरी विश्वव्यापी ढुवानीलाई पुनः सुचारु गर्नका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलडमरूमध्य खोल्नुपर्ने आवश्यकतामा दुवै नेताले जोड दिएका छन् ।

प्रवक्ताका अनुसार,'विश्वको ऊर्जा बजारमा स्थिरता सुनिश्चित गर्न हर्मुज जलमार्ग खुला हुनु अनिवार्य रहेको विषयमा दुवै नेता सहमत भएका छन्।'


अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुज जलमार्ग खोल्नका लागि इरानलाई नयाँ समय सीमा समेत दिएका छन्। 

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै चेतावनी दिएका छन् कि यदि इरानले बिना शर्त हर्मुज जलडमरूमध्य खोल्दैन भने अमेरिकाले इरानका विद्युत् केन्द्रहरूलाई पूर्ण रूपमा ध्वस्त पारिदिनेछ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077