एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा बढ्दो तनाव अन्त्य गर्ने विषयमा इरानसँग सकारात्मक वार्ता भएको दाबी गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत पछिल्ला दुई दिनमा दुवै पक्षबीच भएको छलफल “उत्साहजनक र परिणाममुखी” रहेको दाबी गरेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी तनाव पूर्णरूपमा अन्त्य गर्ने विषयमा वार्ता भएको बताए । इरानसँगको उक्त वार्ता सकारात्मक भएको उनको भनाइ छ ।
ट्रम्पले इरानका विद्युत् संयन्त्र तथा ऊर्जा पूर्वाधारमाथि हुने कुनै पनि सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने निर्णय पनि लिएको बताए।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा भनेका छन्, 'अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा मध्यपूर्वको तनाव पूर्णरूपमा समाधान गर्ने विषयमा निकै राम्रो र सकारात्मक वार्ता भएको जानकारी गराउन पाउँदा म खुसी छु।'
वार्ता सकारात्मक भएपछि आफूले युद्ध विभागलाई इरानका विद्युत् संयन्त्र र ऊर्जा संरचनामाथि हुने सबै सैन्य आक्रमण पाँच दिनका लागि रोक्न निर्देशन दिएको उनले उल्लेख गरेका छन्।