Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हैदराबादमा सुनचाँदी चोरी प्रकरण: तीन नेपाली पक्राउ, तीन फरार

हैदराबादमा सुनचाँदी चोरी प्रकरण: तीन नेपाली पक्राउ, तीन फरार

मंगलवार , चैत्र १०, २०८२

धनगढी । भारतको हैदराबादमा भएको सुनचाँदीका गरगहना चोरी प्रकरणमा संलग्न रहेको आरोपमा तीन जना नेपाली नागरिक पक्राउ परेका छन् भने अन्य तीन जना अझै फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१२ निवासी रुपा कुमारी सिंहलाई नियन्त्रणमा लिइएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले भारतमा भएको चोरी घटनामा संलग्नता देखिएपछि सिंहलाई पक्राउ गरिएको जानकारी दिए।

यसै प्रकरणमा अछामको ढकारी गाउँपालिका–८ का पदम जैशीलाई पनि अछाम प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिंहको साथबाट ६२.५५ ग्राम सुनका विभिन्न गरगहना, ५१७.५४ ग्राम चाँदीका गरगहना, २.४१ ग्राम हरियो पत्थर, एक थान मोतिको माला तथा सुनका बिस्कुट बरामद गरिएको छ।

उक्त चोरीसँग सम्बन्धित थप सामग्री लुकाएको आरोपमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ निवासी कमल साउँदलाई भारतको दिल्लीबाट भारतीय प्रहरीले पक्राउ गरेको छ। उनको कोठाबाट समेत विभिन्न सुनचाँदीका गरगहना र बिस्कुट बरामद भएको बताइएको छ।

घटनामा संलग्न अन्य तीनजना भने फरार छन् । उनीहरूको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077