Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रवि लामिछानेलाई कास्की जिल्ला अदालतबाट राहत

रवि लामिछानेलाई कास्की जिल्ला अदालतबाट राहत

अब तारेख धाउन नपर्ने

मंगलवार , चैत्र १०, २०८२

पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहत दिएको छ । अदालतले अब उनी नियमित रूपमा तारेख धाउन नपर्ने आदेश जारी गरेको हो ।

जिल्ला न्यायाधीश श्यामकुमार श्रेष्ठको इजलासले लामिछानेको निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै माग बमोजिम फैसला सुनाएको हो।

लामिछानेले आइतबार मात्रै ‘तारेखमा नियमित उपस्थित हुन नपर्ने’ अनुमति माग्दै अदालतमा निवेदन दिएका थिए।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ।

यो मुद्दा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको करिब १ अर्ब ५१ करोड रुपैयाँ ठगी प्रकरणसँग सम्बन्धित हो, जसमा उनीसहित ६३ जनालाई विपक्षी बनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077