एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक हतियार नराख्न सहमत भएको बताएका छन् ।
मंगलबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन् । उनले दुई देशबीच वार्ता जारी रहेको र इरानले सम्झौता चाहेको जिकिर गरे ।
'हाम्रो पहिलो सर्त भनेको इरानले आणविक हतियार नबनाओस् भन्ने हो, जसमा सहमति बनेको छ', उनले भने ।
ट्रम्पले अमेरिकाले युद्ध जितेको दाबी पनि गरे । तर इरानले अहिलेसम्म अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता भएको कुरा अस्वीकार गरिरहेको छ।