Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इरानी ऊर्जा साइटहरूमा थप १० दिन आक्रमण नगर्ने डोनाल्ड ट्रम्पको घोषणा

इरानी ऊर्जा साइटहरूमा थप १० दिन आक्रमण नगर्ने डोनाल्ड ट्रम्पको घोषणा

शुक्रवार , चैत्र १३, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप १० दिन इरानी ऊर्जा साइटहरूमा आक्रमण नगर्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानी सरकारको अनुरोध बमोजिम १० दिन आक्रमणमा रोक लगाएको उनको दाबी छ ।

नयाँ समयसीमा अब अप्रिल ६ को लागि तय गरिएको छ । दुई देशहरूबीच जारी वार्तालाई अगाडि बढाउन यो निर्णय गरिएको उनले बताए ।

यसअघि ट्रम्पले इरानी ऊर्जा साइटहरूमा पाँच दिन आक्रमण नगर्ने घोषणा गरेका थिए, जुन समयसीमा शुक्रबार सकिँदै छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077