काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन)लाई बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत बालेन नेतृत्वमा गठित नयाँ सरकारप्रति शुभकामना व्यक्त गर्दै सकारात्मक पहलमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन्।
'नव गठित सरकारका प्रधानमन्त्री बालेन्द्र साह सहित उहाँको नेतृत्वको मन्त्री मण्डललाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । नयाँपन, युवा नेतृत्व स्वागतयोग्य छ । आजको दिनमा युवा मन्त्री मण्डल आशा पनि र परीक्षा पनि हो । त्यसैले देशले अवसर दिएको छ, अब जिम्मेवारी प्रमाणित गर्ने पालो तपाईंहरुको काधमा छ,' उनले लेखेका छन् ।
नवगठित मन्त्रिपरिषद्लाई लक्षित गर्दै युवा नेतृत्वको उदयलाई स्वागतयोग्य बताउँदै यसलाई अवसरसँगै परीक्षणको चरणका रूपमा पनि चित्रण गरेका छन्।
देशले दिएको जिम्मेवारीलाई परिणाममुखी ढंगले प्रमाणित गर्नु अब सरकारको दायित्व भएको उनको भनाइ छ।
बस्नेतले अवसरसँगै चुनौतीहरू पनि उत्तिकै गम्भीर हुने उल्लेख गर्दै अनुभवको अभावलाई व्यवहारिक सिकाइ र परिपक्व निर्णयमार्फत सन्तुलनमा राख्नुपर्ने सुझाव दिएका छन्। साथै प्रत्येक निर्णय र कदममा सावधानी अपनाउँदै अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।