काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका शीर्ष नेतृत्वसँग गहन छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फर्किएलगत्तै गृहमन्त्री गुरुङले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बैठक सुरु गरेका हुन् ।
स्रोतका अनुसार करिब दुई घण्टादेखि जारी उक्त छलफलमा प्रतिवेदन कार्यान्वयनका संवेदनशील पक्षहरूबारे केन्द्रित बहस भइरहेको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्को पहिलो बैठकले गरिसकेको छ।
तर, सुरक्षाकर्मीको हकमा तत्काल कार्यान्वयन नगर्ने र अन्य पक्षमा भने तुरुन्त लागू गर्ने सरकारको निर्णयपछि सुरक्षा संयन्त्रभित्र त्यसको प्रभाव र कार्यान्वयन रणनीतिबारे स्पष्टता आवश्यक देखिएको छ।
यही सन्दर्भमा गृहमन्त्रीले सुरक्षा प्रमुखहरूसँग प्रतिवेदनका सिफारिस, कानुनी जटिलता र कार्यान्वयनको चरणबद्ध प्रक्रिया सम्बन्धी विषयमा छलफल गरिरहेका छन्।