Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेकपा एमालेको सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक जारी

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेको आकस्मिक सचिवालय बैठक बसिरहेको छ।

पार्टी कार्यालय च्यासलमा जारी बैठकले पार्टीले भावी कदम के चाल्ने भन्ने विषयमा निर्णय गर्नेछ। 

एमाले नेताहरुले अहिलेको सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै यसको प्रतिवाद गर्ने बताइरहेका छन्। 

पार्टीले राजनीतिक प्रतिवाद गर्ने र कानुनी लडाईं लड्ने नेताहरुको भनाइ छ। 

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित न्यायीक आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न सिफारिस गरेसअनुसार प्रहरीले शनिबार एकाबिहानै भक्तपुरस्थित निवासबाटै दुवै जनालाई पक्राउ गरेको थियो।

शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले आयोग प्रतिवेदन प्रहरी कर्मचारीबहाक सबैमाथि कार्यान्वयन हुने निर्णय गरेको थियो।

सोहीअनुसार गृहमन्त्री सुधन गुरुङले मन्त्रिपरिषद्को निर्णयलगत्तै प्रहरी प्रमुखसँग बसेर पक्राउ गर्न निर्देशन गरेका थिए।

ओलीसंगै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाईपनि पक्राउ गरिएको छ। पक्राउपछि लेखकलाई महाराजगञ्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिएको छ।

ओलीलाई पनि त्यहीँ राखिने तयारी भए पनि उनको स्वास्थ्यजाँचका लागि उनी त्रिवि शिक्षण अस्पतालमै रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।ओलीको पक्राउविरुद्ध एमाले नेताहरूले विरोध जनाए पनि कांग्रेस भने मौन रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077