Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेन र सुधनलाई महेशको चेतावनी - प्रहरीलाई बन्दुक होइन लाठी मात्र दिनू

बालेन र सुधनलाई महेशको चेतावनी - प्रहरीलाई बन्दुक होइन लाठी मात्र दिनू

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारलाई आन्दोलनका क्रममा प्रहरी परिचालनमा गम्भीर बन्न चेतावनी दिएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले बालेन्द्र शाह र सुदन गुरुङलाई लक्षित गर्दै प्रहरीलाई बन्दुक होइन, लाठी मात्र उपलब्ध गराउन सुझाव दिएका हुन् ।

उनले देशभर आन्दोलन सुरु भइसकेको अवस्थामा बल प्रयोगले स्थिति झन् जटिल बन्न सक्ने उल्लेख गरेका छन्।

बस्नेतले प्रदर्शन नियन्त्रणको नाममा हतियार प्रयोग गर्दा मानवीय क्षति हुन सक्ने भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको नेतृत्वले लिनुपर्ने चेतावनी दिएका छन्।

'प्रहरीबाट बन्दुक प्रयोग भएर कुनै मानवीय क्षति भएमा त्यसको जवाफदेही वर्तमान सरकार नै हुनेछ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले भविष्यमा यस्ता घटनामा छानबिन आयोग गठन भई अनुसन्धान अघि बढ्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीमाथि कानुनी जोखिम समेत आउन सक्ने संकेत गरेका छन्।

'भोलिका दिनमा छानबिन हुँदा अहिलेका नेतृत्व आफैं कानुनी घेरामा पर्न सक्ने अवस्था आउन सक्छ,' उनको भनाइ छ।

यसैबीच, अध्यक्ष केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेपछि नेकपा (एमाले) का कार्यकर्ताहरू देशका विभिन्न स्थानमा आक्रामक रूपमा सडकमा उत्रिएका छन्। सोही सन्दर्भ जोड्दै बस्नेतले सरकारलाई दमनको बाटो नअपनाउन आग्रह गरेका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077