Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महेश बस्नेत भन्छन् - मलाई पक्राउ गर्ने षड्यन्त्र हुँदैछ

महेश बस्नेत भन्छन् - मलाई पक्राउ गर्ने षड्यन्त्र हुँदैछ

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले आफ्नो गिरफ्तारीको तयारी भइरहेको भन्दै त्यसलाई राजनीतिक प्रतिशोधसँग जोडेका छन् ।

बस्नेतले केपी शर्मा ओली विरुद्ध भइरहेको पक्राउलाई 'प्रतिशोधात्मक' भन्दै त्यसको विरोधमा उठेको आन्दोलन कमजोर पार्न आफूलाई निशाना बनाइएको आरोप लगाए।

उनका अनुसार तीन वर्षअघि नै एक “फेक व्यक्ति” प्रयोग गरेर आफूविरुद्ध झुट्टा जाहेरी दर्ता गराइएको थियो, जुन प्रहरी अनुसन्धानबाट फर्जी प्रमाणित भइसकेको दाबी उनले गरेका छन्।

सोही विषयमा उच्च अदालत पाटन मा दायर गरिएको रिटसमेत खारेज भइसकेको उनले उल्लेख गरेका छन्।

बस्नेतले अहिले पुनः सोही विषयमा पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा फेरि 'नक्कली जाहेरी' प्रयोग गरेर आफूलाई पक्राउ गर्ने योजना बनाइएको आरोप लगाए। उनले यसलाई “मिडिया ट्रायल” को संज्ञा दिएका छन्।

उनले वर्तमान सरकारमाथि कडा प्रहार गर्दै बालेन शाह नेतृत्वको सरकारलाई “निरंकुश र अधिनायकवादी शैलीको” भनेका छन्। साथै, गृहमन्त्री सुदन गुरु लाई लक्षित गर्दै यस्तो गतिविधि “कुकर्म” भएको टिप्पणी गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077