Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब सदनमा प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ, प्रतिशोध साँधिने छैन: रवि लामिछाने

अब सदनमा प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ, प्रतिशोध साँधिने छैन: रवि लामिछाने

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा प्रतिपक्षको आवाज कमजोर हुन नदिने बताएका छन् ।

प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा सत्तारुढ दलका प्रतिनिधिका रूपमा  बोल्दै पूर्वगृहमन्त्री समेत रहेका सभापति लामिछानेले सो कुरा बताएका हुन् ।

अघिल्लो संसदमा आफूहरू प्रतिशोध भोगेर आइपुगेको भन्दै उनले अब त्यस्तो अवस्था नआउने बताए।

'हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ । हामीमाथि २४सै घण्टा निगरानी गरिदिनुहोला । विपक्षी दलको चुनावी प्रतिवद्धताको पनि स्वामित्व लिन,' उनले भने।

उनले विपक्षी दलहरुको समेत चुनावी प्रतिवद्धतालाई समेत स्वामित्व लिन तयार रहेको बताए ।

साथै आफूहरुलाई पूराना राजनीतिक दल र संसदका विपक्षी दलहरुलाई समेत मिलाएर बढ्ने भन्दै आफूहरुलाई २४सै घण्टा निगरानी गरिदिन समेत आग्रह गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077