Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रवि लामिछानेलाई पर्सा अदालतबाट पनि राहत, तारिखमा अदालतमा उपस्थित हुनुपर्ने बाध्यता हट्यो

रवि लामिछानेलाई पर्सा अदालतबाट पनि राहत, तारिखमा अदालतमा उपस्थित हुनुपर्ने बाध्यता हट्यो

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पर्सा जिल्ला अदालतले मुद्दामा ‘वारिस’ राख्न अनुमति दिएको छ ।

यससँगै अब उनी प्रत्येक तारिखमा व्यक्तिगत रूपमा अदालतमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ ।

पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले बिहीबार उक्त अनुमति दिएको हो ।

लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गर्दै वारिस राख्न स्वीकृति प्रदान गरिएको बताइएको छ ।

लामिछानेले बुधबार नै ‘वारिस नियुक्त गर्न अनुमति पाउँ’ भन्दै अदालतमा निवेदन दिएका थिए। सोही दिन उनी पर्सा जिल्ला अदालत पुगेर तारेख पनि बुझेका थिए ।

उनिविरुद्ध पर्सा जिल्ला अदालतमा ‘सहकारी ठगी’ र ‘संगठित अपराध’ सम्बन्धी मुद्दा विचाराधीन छ। उक्त मुद्दाको अर्को पेसी २०८३ वैशाख २४ गतेका लागि तोकिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077