Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेले सच्यायो बादलले संसदमा बोलेको विवादास्पद अभिव्यक्ति

एमालेले सच्यायो बादलले संसदमा बोलेको विवादास्पद अभिव्यक्ति

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष राम बहादुर थापा (बादल) ले संसद्मा दिएको विवादास्पद अभिव्यक्ति सच्याएको छ ।

शुक्रबार थापाकै अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त अभिव्यक्तिलाई आधिकारिक धारणा नरहेको स्पष्ट पार्दै सच्याउने निर्णय गरेको हो।

बैठकपछि उपमहासचिव लेखराज भट्टले पार्टीको तर्फबाट स्पष्ट पार्दै राज्यका सबै सुरक्षा निकाय तथा अन्तर्राष्ट्रिय समुदायसँग एमालेको सम्बन्ध पूर्ववत् र मित्रवत् रहेको बताए ।

यसअघि संसद्मा बोल्दै थापाले नेपाली सेना, कर्मचारीतन्त्र, विभिन्न आयोग, अन्तर्राष्ट्रिय संस्था तथा गैरसरकारी निकायहरूको भूमिकाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गरेको बताएका थिए।

सचिवालय बैठकको निर्णयमा भनिएको छ, 'संसदीय दलका नेताले गर्नुभएको सम्बोधनका सम्बन्धमा गम्भीरतापूर्वक छलफल भयो। मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (व्युरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077