काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीबीच भेटवार्ता भएको छ ।
शनिबार बिहान लामिछानेलाई भेट्न शाही काठमाडौंको बूढानीलकण्ठस्थित उनको निवास पुगेका हुन् । भेटपछि लामिछानेसँगको तस्बिर सेयर गर्दै शाहीले आफूहरू एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेको बताए ।
'विगतका दुस्खहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौं,' शाहीले भने ।
भेटमा संसदीय राजनीति, प्रतिनिधिसभाको उपसभामुख पदका निम्ति सम्भावित सहकार्यलगायत विषयमा छलफल भएको बताइएको छ ।
प्रतिनिधिसभाको सभामुख पदमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भइसकेका छन् ।