Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वकिल बमलाई रिहा गर्न महेश बस्नेतको माग, व्यवसायीमाथि गुण्डागर्दीको आरोप लगाएको दावी

वकिल बमलाई रिहा गर्न महेश बस्नेतको माग, व्यवसायीमाथि गुण्डागर्दीको आरोप लगाएको दावी

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गुण्डागर्दीको आरोपमा पक्राउ परेका युवा संघ सचिबालय सदस्य वकिल बमलाई रिहा गर्न माग गरेका छन् । बम शुक्रबार राती पक्राउ परेका थिए । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सचिव बस्नेतले व्यवसायीमागि गुण्डागर्दीको आरोप लगाएको पनि दावी गरेका छन् । 

बस्नेतले विना कारण र विना प्रमाण  नियन्त्रणमा लिनु कानूनी शासनविपरीत र नागरिक स्वतन्त्रतामाथिको प्रहार भएको पनि बताएका छन् । 

बस्नेतले भनेका छन्–‘हिजो राति करिब १० बजे सादा पोशाकका ४–५ जना प्रहरीले “केही समयका लागि” भन्दै उहाँलाई नियन्त्रणमा लिएको र कालिमाटी प्रहरी वृत्तमा थुनेको छ ।  

न कुनै झैझगडा भएको थियो, न कुनै उजुरी वा न कुनै पुरानो केस  थियो। ठमेलमा व्यवसाय गरेकै कारण ‘गुन्डागर्दीको आरोप लगाएर  

विना कारण र विना प्रमाण  नियन्त्रणमा लिनु कानूनी शासनविपरीत र नागरिक स्वतन्त्रतामाथिको प्रहार हो। 
योघटनाले राजनीतिक उद्देश्यको संकेत गर्छ।यस प्रकारको कार्यशैली तुरुन्त अन्त्य गरी उहाँलाई अविलम्ब रिहा गर्न माग  गर्दछौं ।’

बम गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका हुन् । अपराध अनुसन्धान कार्यालयले गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गर्ने क्रममा बम पनि परेका हुन् ।

युवा संघको कार्यालय टिममा बसेर काम गरिरहेका उनी शुक्रबार राति पक्राउ परेका हुन् । अपराध अनुसन्धान कार्यालयले उनीसहित १३ जनालाई नियन्त्रणमा लिएको थियो ।

कालिकोटको पलाता गाउँपालिका स्थायी घर भएका उनी ठमेल क्षेत्रमा सक्रिय रहँदै आएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077