Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इजरायलले गर्‍यो इरानको पेट्रोकेमिकल केन्द्रमा हमला, अस्थायी युद्धविराम अस्वीकार

इजरायलले गर्‍यो इरानको पेट्रोकेमिकल केन्द्रमा हमला, अस्थायी युद्धविराम अस्वीकार

मंगलवार , चैत्र २४, २०८२

इजरायलको ऊर्जा संरचनामा आक्रमणपछि इरानद्वारा अस्थायी युद्धविराम अस्वीकार

एजेन्सी । इजरायलले इरानको दक्षिण पार्स क्षेत्रस्थित प्रमुख पेट्रोकेमिकल तथा ऊर्जा संरचनामाथि हवाई आक्रमण गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आक्रमण इरानको अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिने संरचनामा केन्द्रित थियो। विशेषगरी दक्षिण पार्स क्षेत्र नजिकको असालुयेह क्षेत्रमा रहेको पेट्रोकेमिकल केन्द्र निशानामा परेको जनाइएको छ ।

युद्ध तीव्र बन्दै जाँदा संयुक्त राज्य अमेरिकासहित क्षेत्रीय मध्यस्थकर्ताहरूले अस्थायी युद्धविराम प्रस्ताव अघि सारेका थिए। तर इरानले उक्त प्रस्ताव अस्वीकार गर्दै स्थायी रूपमा युद्ध अन्त्य हुने स्पष्ट ग्यारेन्टी भए मात्र वार्तामा बस्ने अडान लिएको छ।

इरानले दीर्घकालीन सुरक्षा सुनिश्चितता र स्थायी समाधानबिनाको कुनै पनि अस्थायी युद्धविराम आफूलाई स्वीकार्य नहुने स्पष्ट पारेको छ।

यसबीच, इजरायलले इरानका ऊर्जा तथा औद्योगिक संरचनामाथि आक्रमणलाई तीव्र बनाएको छ भने इरानले मिसाइल प्रहारमार्फत जवाफी कारबाही जारी राखेको छ।

इजरायलका रक्षा मन्त्री इजरायल काट्जले विज्ञप्ति जारी गर्दै आइडीएफले इरानको सबैभन्दा ठूलो पेट्रोकेमिकल केन्द्र असालुयेहमा शक्तिशाली आक्रमण गरेको दाबी गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077