Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

होर्मुज स्ट्रेटमा इरानको हस्तक्षेपप्रति ट्रम्प आक्रोशित, भने - सम्झौता उल्लंघन भयो

होर्मुज स्ट्रेटमा इरानको हस्तक्षेपप्रति ट्रम्प आक्रोशित, भने - सम्झौता उल्लंघन भयो

शुक्रवार , चैत्र २७, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘होर्मुज स्ट्रेट’बाट तेल ट्याङ्करहरूको आवागमनमा अवरोध सिर्जना गरेको आरोप लगाउँदै इरानप्रति कडा असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक टिप्पणीमा ट्रम्पले इरानको व्यवहारलाई “अत्यन्तै खराब” भन्दै यसले अमेरिका–इरानबीच भएको समझदारीको उल्लंघन गरेको दाबी गरेका हुन् ।

बीबीसीका अनुसार, ट्रम्पले इरानको पछिल्लो कदमको तीव्र आलोचना गर्दै लेखेका छन्,'इरानले होर्मुज स्ट्रेटबाट तेल ट्याङ्करहरू जान दिने सन्दर्भमा धेरै नराम्रो काम गरिरहेको छ। कतिपयले यसलाई असम्मानजनक पनि भन्न सक्छन्। यो हामीबीच भएको सम्झौता अनुरूपको काम होइन।'

ट्रम्पले इरानले उक्त जलमार्ग प्रयोग गर्ने ट्याङ्करहरूसँग शुल्क उठाउन थालेको रिपोर्टप्रति चिन्ता व्यक्त गर्दै तत्काल यस्तो कार्य बन्द गर्न चेतावनी दिएका छन् । 'यदि इरानले होर्मुजबाट गुज्रने ट्याङ्करहरूसँग शुल्क लिइरहेको छ भने, यसलाई तुरुन्तै रोक्नुपर्छ,' उनले भने । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077