Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसदहरूलाई रवि लामिछानेको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउनतिर नलाग्नू

सांसदहरूलाई रवि लामिछानेको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउनतिर नलाग्नू

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । राष्ट्रीय स्वतंत्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफन्तलाई नियुक्ति दिलाउनतिरनलाग्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

आफूहरू जेनजीहरूको बलिदानबाट यो ठाउँमा आइपुगेको स्मरण गराउदै उनले सांसदहरूलाई भने- 'आफन्त र सथीभाईलाई नियुक्ति गर्न नलाग्नू।'

उनले पार्टीका सांसद र केन्द्रीय सदस्यहरूलाई अनावश्यक रुपमा सिंहदरबार भिड गर्न नजान पनि निर्देशन दिए। 

सभापति लामिछानेको भनाइ उद्धृत गर्दै प्रवक्ता मनिष झाले भने- 'अनावश्यक रूपमा मन्त्रिपरिषद्को कार्यालयहरूमा, मन्त्रालयहरूमा अनावश्यक रूपमा कार्यकर्ता, पार्टीका तर्फबाट रहेका केन्द्रीय सदस्य र सांसदको अनावश्यक उपस्थिति, अनावश्यक भिडभाडहरू नगर्नु भन्ने निर्देशन छ।'

यस्तै संसदीय दलको बैठकले उपसभामुखमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रूबी ठाकुरको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ ।

रास्वपाकै समर्थनमा ठाकुरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी थिइन् । 

आजै अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट उपसभामुख चयन गरिनेछ। उपसभामुखमा श्रम संस्कृतिकी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट सरस्वती लामाले उम्मे‍दवारी दर्ता गराएका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077