Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

महिला यात्रुको गोपनीयता उल्लंघन गरी भिडियो सार्वजनिक गर्ने पक्राउ

महिला यात्रुको गोपनीयता उल्लंघन गरी भिडियो सार्वजनिक गर्ने पक्राउ

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । सार्वजनिक सवारी प्रयोगका क्रममा एक महिला यात्रुको गोपनीयता उल्लंघन हुनेगरी भिडियो खिची सामाजिक सञ्जालमा प्रसारण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारी अनुसार नक्सालस्थित भगवती बाहाल मन्दिर आसपास राइड सेयरिङ सेवाको प्रयोग भइरहेका बेला मोटरसाइकलमा सवार महिला यात्रुलाई लक्षित गर्दै अपमानजनक अभिव्यक्ति प्रयोगसहित भिडियो खिचिएको थियो।

उक्त सामग्री सम्बन्धित व्यक्तिले पूर्वस्वीकृति बिना नै आफ्नो सामाजिक सञ्जाल खातामार्फत सार्वजनिक गरेको पाइएको हो।

घटनाबारे प्राप्त सूचनाको आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले संलग्न व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। हाल यस सम्बन्धमा थप अनुसन्धान प्रक्रिया जारी रहेको छ।

प्रहरीले पीडित पक्षलाई औपचारिक उजुरीका लागि सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न पनि आग्रह गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077