Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इरानसँग वार्ताका लागि अमेरिकी उपराष्ट्रपति पनि इस्लामाबाद पुगे

इरानसँग वार्ताका लागि अमेरिकी उपराष्ट्रपति पनि इस्लामाबाद पुगे

शनिवार , चैत्र २८, २०८२

एजेन्सी । इरानसँगको वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली पाकिस्तान पुगेको छ।

बीबीसीका अनुसार जेडी भान्स चढेको ‘एयर फोर्स टू’ विमान इस्लामाबादमा अवतरण गरिसकेको छ। 

पाकिस्तानसँगको मध्यस्ततामा इरानसँग वार्ता गर्न भान्स नेतृत्वको टोली पाकिस्तान पुगेको हो । 

यसअघि नै इरानी टोली संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफको नेतृत्वमा त्यहाँ आइपुगेको छ ।

वार्ताका लागि इरानबाट मोहम्मद विदेशमन्त्री अब्बास अरागचीसहित इरानी प्रतिनिधिमण्डलमा आर्थिक, सुरक्षा, कूटनीतिक तथा प्राविधिक विशेषज्ञहरू, सञ्चारकर्मी र सहयोगी कर्मचारीहरूसहित करिब ७० जना सदस्य रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

अमेरिकी प्रतिनिधिमण्डलमा को नेतृत्व उपराष्ट्रपति भान्सले गर्नेछन्। टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ ज्यारेड कुश्नर सहभागी हुने अनुमान छ।

गत २८ फेब्रुअरीदेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु भएपछि मध्यपूर्व तनावग्रस्त छ । डेढ महिना लामो युद्धपछि गत ८ अप्रिलमा दुई साताका लागि युद्धविराम भएको थियो। यही अवधिमा वार्ताको प्रक्रिया सुरु भएको हो। 

वार्ताको सुरक्षालाई ध्यानमा राख्दै इस्लामाबादका सडकहरू शनिबार बिहानदेखि खालीजस्तै देखिएका छन् । पाकिस्तानले वार्तालाई मध्यनजर गर्दै उद्दार सेवा र अस्पतालहरूलाई उच्च सतर्कता (हाई अलर्ट) मा राखेको छ । रेड जोनमा रहेको पाँचतारे होटल सेरेना पूर्ण रूपमा प्रतिनिधिमण्डलका लागि मात्र आरक्षित गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077