एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको तेल विश्वकै सबैभन्दा राम्रो र ‘मीठो’ भएको दाबी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत यस्तो दाबी गरेका हुन् । उनले ठूलो संख्यामा खाली तेल ट्यांकरहरू अमेरिकातर्फ आउँदै गरेको बताए ।
उनले भनेका छन्, 'विश्वका दुई ठूला तेल अर्थतन्त्र मिलाउँदा जति हुन्छ, अमेरिकासँग त्यसभन्दा पनि धेरै तेल छ। तेलको गुणस्तर पनि उत्कृष्ट छ।'
अमेरिका-इरानबीचको युद्धका कारण विश्वव्यापी तेल मूल्यमा उतारचढाव भइरहेका बेला उनले आफूहरू खरिदकर्ताहरूको प्रतीक्षामा रहेको उल्लेख गरेका छन्।