Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

हामी वार्तातर्फ उन्मुख भइरहेका छौँ, दुई दिनभित्रै इरानसँग संवाद हुनसक्छ : डोनाल्ड ट्रम्प

हामी वार्तातर्फ उन्मुख भइरहेका छौँ, दुई दिनभित्रै इरानसँग संवाद हुनसक्छ : डोनाल्ड ट्रम्प

बुधवार , बैशाख २, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बहुप्रतिक्षित वार्ता छिट्टै पुनः सुरु हुन सक्ने संकेत गरेका छन् । न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा उनले दुई दिनभित्रै पाकिस्तानको इस्लामाबादमा वार्ता अघि बढ्न सक्ने बताएका हुन् ।

ट्रम्पले “हामी वार्तातर्फ उन्मुख भइरहेका छौँ, दुई दिनभित्रै इस्लामाबादमा पुनः संवाद हुन सक्छ,” भन्दै कूटनीतिक प्रयास अझै जारी रहेको संकेत दिए।

यसअघि गत शुक्रबार अमेरिका र इरानबीच इस्लामाबादमा झन्डै २१ घण्टा लामो वार्ता भएको थियो। तर, दुवै पक्षबीच सहमति जुट्न नसक्दा वार्ता निष्कर्षविहीन बनेको थियो।

इरानले अमेरिकामाथि “अत्यधिक सर्त थोपरेको” आरोप लगाएको छ भने अमेरिकाले भने इरान आफ्नो परमाणु कार्यक्रम रोक्न तयार नभएको कारण वार्ता असफल भएको दाबी गरेको छ।

वार्ता विफल भएपछि अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपराष्ट्रपति जेडी भान्स स्वदेश फर्किएका थिए।

उता वार्ता असफल भएसँगै तनाव बढ्दै होर्मुज जलडमरूमध्य क्षेत्रमा अमेरिका पक्षबाट नाकाबन्दीसमेत लगाइएको छ। यद्यपि नाकाबन्दीबीच पनि चार जहाज त्यहाँबाट पार भएको विवरण बीबीसीले सार्वजनिक गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077