Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

डोनाल्ड ट्रम्पको दाबी - अमेरिका–इरान शान्ति सम्झौता ‘अन्तिम चरणमा’

डोनाल्ड ट्रम्पको दाबी - अमेरिका–इरान शान्ति सम्झौता ‘अन्तिम चरणमा’

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको बहुप्रतीक्षित शान्ति सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन्।

उनले इरान आफ्नो सम्वद्र्धित युरेनियमको भण्डार सुम्पन तयार भएको उल्लेख गर्दै वार्ताको सबैभन्दा जटिल अवरोध हटेको संकेत दिएका हुन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, यदि दोस्रो चरणको वार्ता इस्लामाबादमा सम्पन्न भए, त्यो केवल सम्झौतामा हस्ताक्षरका लागि मात्र हुनेछ।

दुवै पक्ष सबै विषयमा सहमत भएपछि मात्रै वार्ताको औपचारिक मिति घोषणा गरिने बताइएको छ।

यसैबीच, ट्रम्पले लस भेगासमा आयोजित एक कार्यक्रममा बोल्दै युद्ध ‘धेरै राम्रोसँग अघि बढिरहेको’ र ‘चाँडै अन्त्य हुनुपर्ने’ बताएका छन्।

यसअघि ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले इरानले “न्युक्लियर डस्ट” फिर्ता दिन सहमति जनाएको दाबी गरेका थिए। उक्त अभिव्यक्तिले गत वर्ष अमेरिका–इजरायलको हवाई आक्रमणका क्रममा पुरिएको सम्वद्र्धित युरेनियमलाई संकेत गरेको बुझिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077