Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली-प्रचण्ड भेटले सकारात्मक सन्देश दिएको महेश बस्नेतको दाबी

ओली-प्रचण्ड भेटले सकारात्मक सन्देश दिएको महेश बस्नेतको दाबी

शनिवार , बैशाख ५, २०८३

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भएको पछिल्लो भेटवार्ताले राष्ट्रिय राजनीतिमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्।

बिहीबार टिचिङ अस्पतालमा उपचाररत एमाले अध्यक्ष ओलीलाई भेट्न पूर्वप्रधानमन्त्री दाहाल पुगेका थिए ।

करिब ४० मिनेट भएको उक्त भेटलाई धेरैले सामान्य स्वास्थ्य अवस्थाबारे चासोका रूपमा व्याख्या गरे पनि ओली निकट मानिने बस्नेतले भने यसको राजनीतिक अर्थ रहेको संकेत गरेका छन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै दुई शीर्ष नेताबीचको संवादलाई “सुखद र सन्देशमूलक” बताएका छन्। उनले राजनीतिक मतभेद स्वाभाविक भए पनि राष्ट्रिय हितका लागि संवाद अपरिहार्य रहेको उल्लेख गरेका छन्।

'पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक प्रचण्डबीच टिचिङ अस्पतालमा भएको भेटले देशको राजनीतिमा सकारात्मक सन्देश दिएको छ,' बस्नेतले लेखेका छन्,'राजनीतिक मतभेद भए पनि राष्ट्रिय हित र सहकार्यका लागि संवाद आवश्यक हुन्छ भन्ने कुरा यो भेटले पुनः पुष्टि गरेको छ।'

उनले यस्ता भेटघाटले राजनीतिक स्थिरता, सहकार्य र सम्भावित एकताको आधार तयार गर्न सक्ने विश्वास पनि व्यक्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077