Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ज्ञानेन्द्र शाही भन्छन् - वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य

ज्ञानेन्द्र शाही भन्छन् - वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य

शनिवार , बैशाख १२, २०८३

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुकम्वासी बस्ती हटाउन सरकारले चालेको कदम स्वागतयोग्य रहेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत उनले वास्तविक सुकुम्वसीलाई छुट्याएर व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य रहेको बताएका हुन् ।

वर्षौंदेखि बसोबास गर्दै आएका विपन्न नागरिकको अधिकार सुनिश्चित गरिनुपर्नेमा उनले जोड दिए । शाहीका अनुसार सुकुम्बासीको नाममा हुने दुरुपयोग रोक्दै सबैलाई कानुनको दायरामा ल्याउनु सकारात्मक कदम हो ।

‘वास्तविक सुकुम्बासीलाई न्याय दिनु राज्यको दायित्व हो, तर नक्कलीका नाममा भइरहेको अतिक्रमण अन्त्य गर्नुपर्छ’, उनले भने ।

शाहीले सरकारलाई रचनात्मक साथ र सहयोग गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै प्रतिपक्षलाई विरोधीका रूपमा मात्र नभई सहयात्रीका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, 'यस्तो बेला सरकारलाई रचनात्मक साथ दिनु हाम्रो जिम्मेवारी हो—प्रतिपक्ष विरोधी मात्र होइन सहयात्री पनि हो ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077